Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जिआइसी इन्स्योरेन्सको सेयर संरचना परिवर्तन

अर्थ संसार

शुक्रबार, २४ चैत्र २०७९, ०७ : ३९ मा प्रकाशित

सानिमा जिआइसी इन्स्योरेन्सको सेयर संरचना परिवर्तन

सानिमा जिआइसी इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र साधारण सेयर संरचना परिमार्जन गर्ने भएको छ। कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्दै ५१ः४९ कायम गर्ने भएको हो। हाल कम्पनीमा संस्थापक सेयरको हिस्सा ७० प्रतिशत रहेकोमा त्यसलाई ५१ प्रतिशत कायम गर्न लागिएको हो। 

कम्पनीको असोज ११ गते सम्पन्न बिशेष साधारण सभाले सेयर स्वामित्व परिमार्जन गर्दै ५१ः४९ कायम गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । 

सर्वसाधारण सेयरमा परिणत गर्न नचाहने र इच्छा नभएका संस्थापक सेयरधनीले सोही अनुसारको सोःघोषणा गरी सूचना प्रकाशित भएको ७ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालयमा आइपुग्ने गरी लिखित जानकारी पठाउन पनि कम्पनीले आग्रह गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको