नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद् डा चन्द्र भण्डारीले लघुवित्तको चर्को ब्याजबारे सरकारले अनुसन्धान गर्नुपर्ने बताएका छन्। उनले प्रतिनिधिसभाको बैठकमा लघुवित्तको चर्को ब्याजबारे सरकारले अनुसन्धान गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘लघुवित्तको चर्को ब्याजका कारण ४० जनाले आत्महत्या गरेका छन्। त्यसमा पनि महिला धेरै छन्। नेपालमा यति धेरै महिला आत्महत्या गर्दा पनि यसबारे हामी मौन छौं। सरकारले यसबारेमा अनुसन्धान गर्नुपर्यो।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस