निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा करिब २ अर्ब ५६ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । निर्जिवन बीमा कम्पनीहरुको खुद नाफा गत आवको यसै अवधिसम्मको तुलनामा १९.१७ प्रतिशतले बढ्न पुगेको हो ।
गत आव निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब १४ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणका आधारमा १८ मध्ये तीन कम्पनीको मुनाफा घटेको छ भने अधिकांश कम्पनीले यस अवधिसम्म मुनाफा बढाउन सफल भएको छ ।
सबैभन्दा बढी मुनफा आर्जन गर्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले सो अवधिसम्म ३७ करोड ४१ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस