राष्ट्रिय बीमा कम्पनीको वार्षिक साधारण सभा आज (बुधबार) बस्दैछ । सभा, अमृतभोग क्याटर्स प्रालिमा बिहान ११ बजे सुरु हुनेछ ।
राष्ट्रिय बीमा साविकको राष्ट्रिय बिमा संस्थानको आर्थिक वर्ष २०६८–६९, २०६९–७० र २०७०–७१ र निर्जीवन बीमा विभागको आर्थिक वर्ष २०७०–७१, २०७१–७२ र २०७२–७३ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा रहेको छ ।
यस पटक पनि कम्पनीले लाभांश वितरण भने नगर्ने भएको छ । कम्पनीले आफ्नो पाँच वर्षको वार्षिक साधारण आज एकैपटक गर्दैछ । सभामा यी आर्थिक वर्षको प्रतिवेदन र सोही आर्थिक वर्षहरुको वासलात तथा नाफा नोक्सान सम्बन्धी प्रस्तावहरु पनि पेश गरिंदैछ ।
यस्तै, सर्वसाधारण सेयरधनीबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेको छ । यसको अर्थ, जेठ १५ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
सभाले महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०६८–६९ देखि २०७२–७३ सम्मको नियुक्ति एवम पारिश्रमिक अनुमोदन गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस