Like us!
Follow us!
Connect us!
Watch us!

भेरिएसनले धरहराको लागत १२ करोड थपियो

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, ११ : २६ मा प्रकाशित

भेरिएसनले धरहराको लागत १२ करोड थपियो

निर्माणाधीन धरहरा परिसरमा केही पूर्वाधारका संरचना थप गर्नुपरेपछि धरहराको लागत १२ करोड रूपैयाँ थपिने भएको छ। निर्माणाधीन धरहरा परिसरमा केही संरचनाको डिजाइन परिवर्तन गर्दा थप १२ करोड रूपैयाँको व्ययभार थपिएको हो।

सुरुमा ठेक्का सम्झौता हुँदा धरहरा परिसरको लागत तीन अर्ब आठ करोड ११ लाख रूपैयाँमा भएको थियो। अहिले भने धरहराको डिजाइन परिवर्तन गरेर थप १२ करोड रूपैयाँको भेरिएसन गर्न लागिएको हो। अब धरहरा निर्माणको लागत तीन अर्ब २० करोड रूपैयाँ पुग्ने भएको छ।

धरहराको निर्माण कम्पनी जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले धरहरा परिसरका संरचनाको डिजाइन थप÷घट भएकाले आयोजनाको लागत तीन अर्ब २० करोड रूपैयाँ पुग्ने बताए।

‘पछिल्लो समय धरहरा परिसरमा कप बिल्डिङ, प्रशासनिक भवन, मेकानिकल इलेक्ट्रिकल, प्लम्बिङको काम थपिएकाले पनि केही लागत बढेको हो,’ उनले भने ‘टेलिकमले पनि युटिलिटिज पाइप नहटाएकाले पनि केही डिजाइन परिवर्तन गर्नुपरेको हो।’

केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन तथा आवास) का आयोजना निर्देशक कोषनाथ अधिकारीले निर्माणाधीन धरहराको लागत केही वृद्धि हुने भए पनि रकम आफूलाई थाहा नभएको बताए।

‘धरहरा परिसरमा केही संरचना थपिएकाले केही लागत वृद्धि हुने देखिन्छ तर यति नै थपिन्छ भनेर मैले अहिले भन्न सकिन,’ उनले भने ‘खिचापोखरीका स्थानीयले मन्दिर र पाटी लगायतका संरचना निर्माण गर्न माग गरेकाले र अन्य केही संरचना पनि थपिएकाले केही लागत वृद्धि हुन लागेको हो।’ अहिले धरहराको समष्टिगत भौतिक प्रगति ८१ प्रतिशत र वित्तीय प्रगति ७१ प्रतिशत भएको छ।-नागरिक दैनिकबाट 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको