Like us!
Follow us!
Connect us!
Watch us!

सङ्कटग्रस्त सहकारीका विषयमा सचिव रेग्मीले भने- वचतकर्ता आत्तिनुपर्ने अवस्था छैन

अर्थ संसार

आइतबार, १४ फागुन २०७९, १४ : ३८ मा प्रकाशित

सङ्कटग्रस्त सहकारीका विषयमा सचिव रेग्मीले भने- वचतकर्ता आत्तिनुपर्ने अवस्था छैन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सङ्कटग्रस्त र समस्यामूलक सहकारीका विषयमा अध्ययन भइरहेको उल्लेख गर्दै वचतकर्ता आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । आर्थिक मिडिया संचालक संघ नेपाल (इमान)ले आयोजना गरेको ‘सहकारीमा संकटः कारण र समाधान विषयक’ अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव रेग्मीले यस्तो बताएका हुन् ।

‘सहकारी क्षेत्रमा समस्या देखिएको कुरा सत्य हो । तर, बाहिर जुन रुपमा यसको अफवाह फैलिएको छ अवस्था त्यस्तो भने छैन ।’, मन्त्रालययका सचिव रेग्मीले भने, ‘केही सहकारीहरु संकटग्रस्त अवस्थामा पुगेका छन् तर सबैलाई एउटै नजरले हेर्दा अन्याय हुन्छ ।’

त्यस्तै, उनले समस्याग्रस्त अवस्थामा रहेका सहकारीको अनुगमन र अध्ययनको कार्य सुरु भईसकेको समेत दाबी गरेका छन् । उनले थपे, ‘जुन–जुन सहकारी संकटग्रस्त र समस्यामूलक अवस्थामा छन् तिनिहरुको अध्ययनको कार्य सुरु भईसकेको छ । समाधानको उपाय पनि छिट्टै निस्किन्छ ।अहिले नै सहकारीका बचतकर्ताहरु आत्तिनुपर्ने अवस्था छैन । एकदमै ठूला भनिएका सहकारीहरु पनि चलिरहेकै छन् । केही सहकारीमा मात्रै समस्या देखिएको हो, त्यसको समाधानका लागि पनि पहल सुरु भईसकेको छ ।’

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको