स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितीले गरेको निर्णय अनुसार संस्थाको छैठौँ बार्षिक साधारणसभा चैत्र ११ गते डार्सिज इन्टरनेशनल होटल, बुटवल रुपन्देहिमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
संस्थाले साधारणसभा प्रयोजनको लागि चैत्र ३ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार चैत्र २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस