Like us!
Follow us!
Connect us!
Watch us!

स्वाभिमान लघुवित्त घाटामा, ईपीएस २२ रुपैयाँ ऋणात्मक

अर्थ संसार

आइतबार, २७ कार्तिक २०७९, ०८ : ०९ मा प्रकाशित

स्वाभिमान लघुवित्त घाटामा, ईपीएस २२ रुपैयाँ ऋणात्मक

स्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार पहिलो त्रैमाससम्ममा संस्थाको मुनाफामा व्यापक गिरावट आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्था ६७ लाख ८२ हजार रुपैयाँ नोक्सानीमा छ । गत वर्षको यही अवधिमा संस्थाले ७४ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ऋणात्मक छ यो अवधिमा कम्पनीको यस्तो मुनाफा ६७ लाख ८२ हजार रुपैयाँ ऋणात्मक छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ४८ लाख ९६ हजार रुपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ६८.२९ प्रतिशतले घटेर ६७ लाख १३ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १२ करोड १७ लाख रुपैयाँ र जगेडा कोषमा ११ करोड २७ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) २२ रुपैयाँ २८ पैसा ऋणात्मक छ । संस्थाको प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ २७ पैसा रहेको छ । संस्थाको खराब कर्जा ०.३८ प्रतिशतबाट बढेर १.२७ प्रतिशत पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको