Like us!
Follow us!
Connect us!
Watch us!

३४ प्रतिशत लाभांश पारित गर्न स्वाभिमान लघुवित्तले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थ संसार

बुधबार, १५ मंसिर २०७८, ०८ : १० मा प्रकाशित

३४ प्रतिशत लाभांश पारित गर्न स्वाभिमान लघुवित्तले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारितको मुख्य ऐजेण्डा सहित संस्थाको पाँचौ वार्षिक साधारणसभा आह्वान गरेको छ  ।

संस्थाको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ५ औँ वार्षिक साधारण सभा पुस १० गते, सनिबार संस्थाको केन्द्रिय कार्यलय तिलोत्तमा, रुपन्देहीमा भर्चुअल माध्यामबाट अपरान्ह १ बजेबाट सूरु हुनेछ । 

सभामा असोज १७ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७० प्रतिशत नगद गरी कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २३ गते देखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेको सूचना यस्तो छः

61a6df5194b5d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको