Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ प्रिमियरको एकीकृत कारोबार शुभारम्भ गर्दै अध्यक्ष सिलवालले भने- अब बीमा सेवा डेलिभरीमा प्राधिकरणको फोकस हुन्छ

अर्थ संसार

विहीबार, १८ फागुन २०७९, ११ : ०७ मा प्रकाशित

सिद्धार्थ प्रिमियरको एकीकृत कारोबार शुभारम्भ गर्दै अध्यक्ष सिलवालले भने- अब बीमा सेवा डेलिभरीमा प्राधिकरणको फोकस हुन्छ

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले बुधबारबाट भव्य रुपमा एकीकृत कारोबार शुभारम्भ गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीले सबै नियामक निकायहरुको उपस्थितिमा शुभारम्भ गरेको हो ।

एकीकृत कारोबारको औपचारिक शुभारम्भ नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले गरेका छन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले पछिल्लो एक वर्षमा प्राधिकरणले पुँजि बृद्धिसँगै बीमा कम्पनीहरुको क्षमता बृद्धि भएको र अब बीमा सेवा डेलिभरीमा प्राधिकरण फोकस हुने बताएका हुन्। 

उनले चलाएको मर्जर अभियानले सार्थकता पाएको र देशव्यापी रुपमा बीमा कम्पनीहरुमाथि विश्वास बढेको बताए । 

उनले भने, ‘मर्जर किन भन्दै प्रश्न गरिएको थियो । आज राजधानी बाहिर देशका कुना कुनामा हेर्नुभयो भने यो अभियानले बीमाको परर्फमेन्स बढाएको हामीले पायौं ।’ उनले थपे, ‘पुँजि कम भएका कारण केही गर्नै नसक्ने अवस्था थियो । गाउँ गाउँमा बीमा कम्पनीहरुलाई पुर्याउन शाखा विस्तार गर्न सक्षम भएका छन् ।’

अध्यक्ष सिलवालले बीमा कम्पनीका शाखाहरुलाई पनि दावी भुक्तानी दिन सक्ने गरी अधिकार प्रत्यायोजन गर्न सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष सिलवालले कम्तीमा ५० हजार रुपैयाँ सम्मको दावी भुक्तानी शाखा कार्यालयबाटै हुने व्यवस्था गर्न निर्देशन दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको