Like us!
Follow us!
Connect us!
Watch us!

इन्स्टाग्राममार्फत् रकम ठगी गर्ने एक जना प्रहरीको नियन्त्रणमा

अर्थ संसार

सोमबार, २२ फागुन २०७९, १२ : ५० मा प्रकाशित

इन्स्टाग्राममार्फत् रकम ठगी गर्ने एक जना प्रहरीको नियन्त्रणमा

अनलाइनबाट सात लाखभन्दा बढी रकम ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठगी गर्ने जुम्ला चन्दननाथ नगरपालिका ६ घर भई हाल काठमाडौं नरेफाँट बस्ने २४ वर्षीय राज रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रोकायाले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत अनलाइनमा रकम लगानी गरे दोब्बर हुन्छ भन्दै इसेवा, खल्ती, वालेटमा रकम पठाउन लगाइ ठगी गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। रोकायाले अहिलेसम्म विभिन्न व्यक्तिसँगबाट ७ लाख ७५ हजार रुपैयाँ ठगेको प्रहरीको दाबी छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको