Like us!
Follow us!
Connect us!
Watch us!

ट्रम्पको फेसबुक र इन्स्टाग्रामको प्रतिबन्ध हट्यो

अर्थ संसार

आइतबार, ३० असार २०८१, ०७ : ४५ मा प्रकाशित

ट्रम्पको फेसबुक र इन्स्टाग्रामको प्रतिबन्ध हट्यो

मेटाले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम खातामाथिको प्रतिबन्ध हटाएको छ ।

२०२१ को जनवरी ६ मा अमेरिकी क्यापिटलमा आक्रमण गर्ने समर्थकहरूको प्रशंसा गरेपछि पूर्व अमेरिकी राष्ट्रपतिको फेसबुक र इन्स्टाग्राम खाताहरू २०२१ मा निलम्बन गरिएको थियो। यस मामिलामा ट्रम्पलाई पनि दोषी ठहर गरिएको थियो।

मेटाले एक ब्लगमा मेटाका सबै प्लेटफर्महरूमा ट्रम्पका ६० मिलियन भन्दा बढी फलोअरहरू रहेको उल्लेख गर्दै उनका एकाउन्टहरू २०२३ मा पुनर्स्थापित गरिएको भएपनि उनका एकाउन्ट थप निगरानीको अधीनमा रहेकोमा अहिले सबै प्रतिबन्ध हटाइएको जानकारी दिएको छ ।

मेटाले राजनीतिक अभिव्यक्तिलाई अनुमति दिनु आफुहरुको जिम्मेवारी भएको र अमेरिकीहरूले राष्ट्रपति पदका उम्मेदवारहरूबाट सुन्नको लागि समान अवसर पाउनुपर्ने उल्लेख गरेको छ ।

मेटाले भनेको छ- 'अमेरिकी राष्ट्रपति पदका उम्मेदवारहरू सबै फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरू जस्तै सामुदायिक मापदण्डहरूको अधीनमा हुनेछन्, जसमा घृणायुक्त भाषण र हिंसालाई उक्साउने नीतिहरू समावेश छन् ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको