Like us!
Follow us!
Connect us!
Watch us!

लहान नगरपालिका–८ का वडाध्यक्ष साहद्वारा दुई करोडको जग्गादान

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, १२ : १० मा प्रकाशित

लहान नगरपालिका–८ का वडाध्यक्ष साहद्वारा दुई करोडको जग्गादान

सिरहाको लहान नगरपालिका–८ का वडाध्यक्ष श्याम साहले दुई करोड रुपैयाँ मूल्य बराबरको जग्गादान गरेको छ । उनले सोनार समाजको अतिथि सदन निर्माणका लागि लहान –७ स्थित् टाउनप्लानिङ्गमा रहेको दुई कठ्ठा जग्गादान गरेका हुन् ।    

सोनार समाजद्वारा आयोजित होली मिलन कार्यक्रममा जग्गादाता वडाध्यक्ष साह र उनकी आमा फुलोदेवीलाई सम्मान गरिएको छ । वडाध्यक्ष साहले सोनार सेवा सदन समितिको नाममा उक्त जग्गा पास गरेको जनाइएको छ । वडाध्यक्ष साहले भने, ‘आफ्नो सुमदायको विकासका लागि जग्गादान गरेको छु। अब भवन निर्माणमा पनि सहयोग गर्नेछु ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको