इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ । सोमबार भएको खेलमा हैदरावाद ५ विकेटले विजयी भयो ।
यो जितसँगै हैदरावादसँगै गुजरात टाइटन्स पनि प्लेअफमा पुगेको छ । चेन्नईमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले ७ विकेट गुमाएर १८० रन बनाएको थियो । चेन्नईले दिएको १८१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।
हैदरावादका इशान किशनले ७० रन बनाए । आईपीएल क्रिकेटको अङ्क तालिकामा हैदरावाद १३ खेलमा १६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने चेन्नई १३ खेलमा १२ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टसले खेल्दैछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस