Like us!
Follow us!
Connect us!
Watch us!

विप्लबका कार्यकर्ताले आन्दोलनका नाममा गरे जिपमा आगजनि

आइतबार, २८ कार्तिक २०७३, १२ : १८ मा प्रकाशित

विप्लबका कार्यकर्ताले आन्दोलनका नाममा गरे जिपमा आगजनि

अर्थ संसार

काठमाडौं–मूल्य बृद्धि नियन्त्रणको माग गर्दै गरिएको भनिएको  विप्लव माओवादीको नेपाल बन्दको अवेज्ञा गरेको भन्दै उनका कार्यकर्ताले सिन्धुलीको भद्रकाली–३, दमाईडाँडामा  स्कारपियो जिपमा आगजनि गरेका छन् । 

काठमाडौँबाट सिराहाको गोलबजारतर्फ जाँदै गरेको स १ च ११४४ नम्बरको उक्त गाडीमा ७र८जनाको समुहमा आएका माओवादी कार्यकर्ताले आगजनि गरेका हुन् । 

 

गाढीमा चालक रामचन्द्र महत्तो मात्र थिए । उनका अनुसार कार्यकर्ताहरुले बन्दको अवज्ञा गर्ने भन्दै बिहान सवा ५ बजे कुटसपट गर्नुका साथै उनको साथबाट एउटा मोबाइल र २० हजार रुपैयाँ नगद लुटेर लगेका छन् । ।गाडी आगजनि गरेको ठाउँबाट गुढेर १ किमि तल भिरमा झरेको छ ।

 

आगजनि गरेपछि विप्लपका कार्यकर्ताह खोलैखोला भागेका थिए । उनीहरुको जिल्ला प्रहरीका नायव उपरिक्षक सुवासचन्द्र बोहोराको नेतृत्वमा गएको टोलीले खोजीकार्य थालेको जिल्ला प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको