अर्थ संसार, काठमाडौं– एनएमबि बैंकले आभार फाउन्डेसनसँग बिपन्नवर्गका ग्राहकहरुलाई लक्षित गरेर माईक्रोफाइनान्स् सेवा सम्बन्धी सम्झौता गरेको छ ।
सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी र आभार फउन्डेसनका जनरल सेक्रेटरी सुरेन्द« सिलवालद्वारा हस्ताक्षर गरिएको छ ।
यस सम्झौताबाट एनएमबि बैंक आफैले वा बैंकको सहायक कम्पनी एनएमबि माईक्रो फाइनान्स् वित्तिय संस्था मार्फत आभार फाउन्डेसनका कार्यक्षेत्रमा पर्ने जिल्लाहरु ताप्लेजुङ्ग, दोलखा, सिरहा, नवलपरासी र कपिलबस्तुमा कृषि, पशु, साना मझौला ब्यवसाय तथा कारखाना र घरेलु तथा साना उघोगमा बिभिन्न खाले कर्जाहरु उपलब्ध गराउनेछ ।
बिपन्न वर्गहरुलाई नै लक्षित गरेर ल्याइएको यस कर्जाको मुख्य बिशेषता भनेकै बिपन्न ग्राहकले कर्जा वापत बैंकलाई भुक्तानी गरेको सम्पुर्ण ब्याज रकम फिर्ता हुने रहेको छ ।
यस सम्झौताले बिपन्न वर्गहरुको वित्तीय आवश्यकता सम्वोधन हुनेमा आफू विश्वस्त एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत के.सीले भन्नुभयो ‘ बैंकले आगामी दिनमा समेत यस प्रकारका सेवा प्रदान गरिरहने छ ।’
एनएमबि बैंकले नाफालाई मात्र केन्द्र नबनाएर स्थानीयहरुको सहकार्यमा मुल्य र मान्यतामा आधारीत बैंकिङ्ग गर्ने गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस