Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको एकीकृत कारोबार सुरू, अध्यक्ष मनोहर दास मूलले लिए शपथ

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, १६ : ०७ मा प्रकाशित

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको एकीकृत कारोबार सुरू, अध्यक्ष मनोहर दास मूलले लिए शपथ

सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आजबाट सुरु भएको छ। एकीकृत कारोबारसँगै नयाँ कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कायम भएको हो। यी दुई कम्पनी १००ः८० को स्वाप रेसियोमा मर्जरमा गएका हुन्। हालसम्म ६ निर्जीवन बीमा मर्ज भई एकीकृत कारोबार सुरु गरिसकेका छन्। सगरमाथा र लम्बिनी इन्स्योरेन्सको मर्ज निर्जीवन बीमा कम्पनीहरुको चौथो मर्जर हो। एकीकृत कम्पनीको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सका मनोहरदास मूल रहनेछ। 

प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सगरमाथा इन्स्योरेन्सका चंकी क्षेत्रीले सम्हाल्ने सहमति भएको छ। त्यसै गरी बैठकले साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का अध्यक्ष मनोहर दास मुललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको र नवनियुक्त अध्यक्ष मुलले आजै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालज्यू समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

हाल सगरमाथाको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ र लुम्बिनी जनरलको एक अर्ब ३१ करोड रुपैयाँ छ। मर्जरपछि यी कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ।

एकीकृत कारोबारसँगै कम्पनाीले जारी गरेका विज्ञप्ति यस्तो छ:

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड गाभिई कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि.को एकिकृत कारोवार आज मितिः २०७९ सालफाल्गुण २९ गतेदेखि प्रारम्भ भयो । यस अवसरमा कम्पनीको प्रधान कार्यालयमा बिशेष पूजा तथा कार्यक्रमको आयोजना गरियो ।

त्यसैगरी, आजै बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीहरुको तर्फबाट ३÷३ जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गरिएको छ । साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट श्री अजिथ आर. गुण वर्द्धने, (संस्थापक समूह–सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलँका) श्री सिद्धार्थमणि राजभण्डारी, (संस्थापक समूह) श्री गजेन्द्र लालश्रेष्ठ, (सर्बसाधारण समूह) र त्यस्तै गरि साबिकलुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट मनोहर दास मुल, (संस्थापक समूह) श्री अरुण राजश्रेष्ठ, (संस्थापक समूह) श्री कमल भटृराई, (सर्बसाधारण समूह) गरि ६ जनाको सञ्चालक समितिको गठनगरिएको छ । त्यसै गरी बैठकले साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का अध्यक्ष श्री मनोहर दास मुललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको र नवनियुक्त अध्यक्ष श्री मुलले आजै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालज्यू समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको