नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडले संशोधित ब्याजदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकको दबाबपछि संस्थाले संशोधित ब्याजदर सार्वजनिक गरेको हो।
बैंकको दबाबसँगै लघुवित्तले कर्जा र निक्षेपतर्फको ब्याजदर घटाएको हो । सार्वजनिक ब्याजदर अनुसार लघुवित्तले कर्जातर्फ अधिकतम १५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
त्यस्तै,लघुवित्तले बचत तफ न्युनतम ७ दशमलव ५ प्रतिशत र अधिकतम १० प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ ।
*सच्याइएकाे : यसअघि यही समाचारमा भुलवस "यसअघि लघुवित्तले अधिकतम २० प्रतिशत सम्म ब्याजदर लिने गरेको थियो ।" भनेर गलत सूचना सम्प्रेषण भएकाेमा सम्पादकिय टिप क्षमाप्राथी छाैँ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस