Like us!
Follow us!
Connect us!
Watch us!

बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँड हुँदै

अर्थ संसार

बुधबार, ०१ चैत्र २०७९, १७ : ३८ मा प्रकाशित

बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँड हुँदै

बिपिडब्लु लघुवित्तको आइपीओ (चैत ३ गते)  शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको छ । शुक्रबार बिहान ११ बजे आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । यसमा मागभन्दा दुई सय गुणा बढी आवेदन परेको छ । 
 
यसमा १५ लाख ३२ हजार ९७३ जनाले कुल १ करोड ६७ लाख ६५ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ८ हजार ९५ जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी १५ लाख २४ हजार ८७८ जनाको भने हात खाली हुनेछ । 

लघुवित्तले फागुन १८ गतेदेखि २३ गतेसम्म आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको थियो ।

जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा ९७ हजार कित्ता सेयर निष्कासन गरिएको हो । यसमध्ये ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ । 


 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको