Like us!
Follow us!
Connect us!
Watch us!

२० प्रतिशत लाभांश पारित गर्न नयाँ सारथी लघुवित्तले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थ संसार

सोमबार, ०६ चैत्र २०७९, ०६ : ४७ मा प्रकाशित

२० प्रतिशत लाभांश पारित गर्न नयाँ सारथी लघुवित्तले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितीले गरेको निर्णय अनुसार संस्थाको १४ औँ बार्षिक साधारणसभा चैत्र २८ गते होटल जुगल मिरावलचोक धुलिखेल, काभ्रेपलान्चोकमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

संस्थाको पुस २९ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभामा अध्यक्षको आर्थिक वर्ष २०७८७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । त्यस्तै सभाले विजय लघुवित्तसंग १ः१ को स्वाप रेसियोमा मर्जरमा जाने प्रस्ताव समेत पारित गर्नेछ ।

संस्थाले साधारणसभा प्रयोजनको लागि चैत्र १५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार चैत्र १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको