Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ सारथी लघुवित्तको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, २२ चैत्र २०७८, ०६ : २७ मा प्रकाशित

नयाँ सारथी लघुवित्तको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र २३ गतेदेखि वैशाख १० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाको चैत्र १२ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको तेह्रौँ वार्षिक साधारण सभा आगामी वैशाख १० गते संस्थाको प्रधान कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे सुरू हुनेछ । 

सभामा संस्थाको फागुन १० गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको