Like us!
Follow us!
Connect us!
Watch us!

विजय लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेण्डा

अर्थ संसार

सोमबार, ०६ चैत्र २०७९, ११ : ३९ मा प्रकाशित

विजय लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेण्डा

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा डाकेको छ । वित्तीय संस्थाको सञ्चालक समितिको चैत्र ५ गते बेलुका ४ः ०० बजे बसेको १५९ औं बैठकको निर्णय अनुसार संस्थाको दशौं वार्षिक साधरणसभा चैत्र २८ गते मंगलबार बस्ने भएको हो ।

संस्थाले उक्त वार्षिक साधारणसभा प्रयोजनका लागि मिति चैत १६ गतेदेखि २८ गतेसम्म वित्तीय संस्थाको सेयर दाखिला खारेज बन्द गर्ने निर्णय गरेको छ । संस्थाले सामान्य र विशेष गरि दुई प्रकारका प्रस्ताव पारित गर्नेछ । संस्थाले उक्त साधारण सभाबाट २० प्रतिशत बोनस सेयर र १. ०५२६ प्रतिशत नगद लाभांस प्रस्तावसमेत परित गर्नेछ ।

संस्थाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्ने र सो उपर छलफल गरी पारित गर्ने ।

 त्यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने ।

यस्ता छन् संस्थाको दशौँ वार्षिक साधरणसभामा प्रस्ताव हुने विषयहरु:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको