Like us!
Follow us!
Connect us!
Watch us!

लगातारको ओरालो यात्रापछि दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

अर्थ संसार

सोमबार, ०६ चैत्र २०७९, १५ : १० मा प्रकाशित

लगातारको ओरालो यात्रापछि दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकले बढेको छ । आज नेप्से २२.६५ अंकले बढेर १ हजार ९ सय ४९ दशमलव ०६ विन्दु कायम भएको हो ।  

साताको पहिलो दिन भने नेप्सेमा गिरावट आएको थियो । हिजो नेप्से ६.९० अंकले घटेर १ हजार ९ सय २६ दशमलव ४० विन्दु कायम भएको थियो  । 

आज नेप्सेमा १ अर्ब २९ कारेड ८५ लाख ८३ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १७८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ३३ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको