Like us!
Follow us!
Connect us!
Watch us!

किसान लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, १२ : ३५ मा प्रकाशित

किसान लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

किसान लघुवित्त वित्तिय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा डाकेको छ । संस्थाको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा चैत २८ गते र्याकेट इभेण्ट्स, सुन्दरबस्ती, बुढानिलकण्ठ ८, काठमाडौंमा विहान ११ बजे बस्ने भएको हो ।

सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । संस्थाले लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको वासलात आव २०७८/७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतको वित्तिय विवरणहरु पास गर्ने प्रस्ताव रहेका छन् ।

त्यस्तै, संस्थाले आर्थिक वर्ष २०७९/८० को लेखापरिक्षण कार्यका लागि लेखापरिक्षण समितिको सिफारिस बमोजिम लेखापरिक्षक नियुक्त गर्ने लगायत प्रस्तावहरु रहेका छन् । सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव रहेको छ । संस्थाले साधारण सभा प्रयोजनको लागि चैत २० गते देखि चैत २८ गतेसम्म बुकक्लोजको मिति तोकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको