Like us!
Follow us!
Connect us!
Watch us!

किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, ११ : १७ मा प्रकाशित

किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरणका लागि भोली सोमबार बुक क्लोज गर्दैछ । यसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सभाले हाल कायम चुक्ता पूँजीको ७ % का दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।  साथै सभाले सर्वसाधारण तथा संस्थापक सेयरको स्वामित्व परिवर्तन गर्ने, थप सार्वजनिक निष्कासन अर्थात् एफपीओ निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

लघुवित्तले चैत २८ गते मंगलबार बिहान ११ बजेदेखि शुरु हुनेगरि, र्याकेट इभेण्टस, सुन्दरबस्ती, बुढानिलकण्ठ, काठमाडौँमा चौथो वार्षिक साधारण सभा डाकेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको