Like us!
Follow us!
Connect us!
Watch us!

मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्न सकिन्छ रिजल्ट

अर्थ संसार

विहीबार, ०९ चैत्र २०७९, ११ : ४० मा प्रकाशित

मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्न सकिन्छ रिजल्ट

मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको साधारण सेयर बाँडफाँड गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजीको १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको अंकित मूल्य १०० रुपैयाँ दरका १० लाख ८५ हजार १६७ कित्ता सेयर मध्ये १ लाख ८ हजार ५१७ कित्ता साधारण सेयर वैदेशिक रोजगारमा गएका नेपालीहरुको लागि फागुन १० गतेदेखि फागुन २५ गतेसम्म निष्काशन गरेको आइपीओ चैत ७ गते बाँडफाँड गरेको हो ।

उक्त सेयर बाँडफाँड सम्बन्धी विवरण बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको वेबसाइट https://www.nicasiacapital.com/ र सिडिएसले सञ्चालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/  मार्फत हेर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको