Like us!
Follow us!
Connect us!
Watch us!

रानीपोखरी सबैका लागि खुला : बिहान ६ देखि ८ बजेसम्म निःशुल्क अवलोकन गर्न पाइने

अर्थ संसार

शनिबार, ११ चैत्र २०७९, ०८ : ३७ मा प्रकाशित

रानीपोखरी सबैका लागि खुला : बिहान ६ देखि ८ बजेसम्म निःशुल्क अवलोकन गर्न पाइने

रानीपोखरी सबै नागरिकका लागि खुलेको छ । काठमाडौँ महानगरपालिकाका अनुसार बिहान ६ देखि ८ बजेसम्म शुल्क नतिरी रानीपोखरीको अवलोकन गर्न सकिने छ ।

पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक नागरिकका लागि निःशुल्क खुला गरिएको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार गएको फागुन २८ गतेदेखि रानीपोखरी खुला गरिएको हो । नागरिकलाई साँस्कृतिक सम्पदाहरु आफ्नो हुन् भनेर अनुभूति गराउनका लागि रानीपोखरी खुला गरिएको हो । कुनै अवरोध नआए पोखरी सधैं सबैका लागि खुला राख्ने तयारी महानगरपालिकाको छ । पोखरीको सरसफाइको काम महानगरपालिकाले गर्नेछ ।

२०७२ साल बैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर आएको भूकम्पले क्षति पुगेको ऐतिहासिक पोखरीको पुनःनिर्माण भएको छ । पुनःनिर्माण सकेर २०७७ साल कात्तिक ५ गते नै उद्घाटन गरिए पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७८ साल पुस ८ गतेमात्र महानगरपालिकालाई रानीपोखरी हस्तान्तरण गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको