Like us!
Follow us!
Connect us!
Watch us!

मोदी ईनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, १६ चैत्र २०७९, ०७ : २४ मा प्रकाशित

मोदी ईनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मोदी ईनर्जी लिमिटेडले फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज चैत १६ गते अन्तिम दिन रहेको छ।

कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री खुला गरेको थियो ।

कम्पनीले आउोजना प्रभावित पर्वत जिल्ला अन्तर्गत कुश्मा नगरपालिका ३, मोदी गाउँपालिका ५, मोदी नगरपालिका २, मोदी गाउँपालिका ६ र कुश्मा नगरपालिका ८ का स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोथेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको