Like us!
Follow us!
Connect us!
Watch us!

मोदी इनर्जीको आईपीओ बाँडफाँड

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, ०७ : ५२ मा प्रकाशित

मोदी इनर्जीको आईपीओ बाँडफाँड

मोदी इनर्जी कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुका लागि निष्काशन गरिएको साधारण सेयर(आईपीओ) बाँडफाँड गरेको छ । 

कम्पनीले फागुन २५ गतेदेखि चैत्र ९ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुकालागि आईपीओ जारी गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन आवेदकहरूमा चैत १७ गते आईपीओ बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले जारी पुँजीको १५ प्रतितश अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ४३ लाख ५० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात ४ लाख ३५ हजार कित्तामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।

यो आईपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको