Like us!
Follow us!
Connect us!
Watch us!

उडिरहेको विमानभित्र टिकटक बनाउने हिमालय एयरका ३ जना ‘क्याबिन क्रु’ बर्खास्त

अर्थ संसार

शुक्रबार, १७ चैत्र २०७९, ११ : २० मा प्रकाशित

उडिरहेको विमानभित्र टिकटक बनाउने हिमालय एयरका ३ जना ‘क्याबिन क्रु’ बर्खास्त

नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सका तीन जना क्याबिन क्रुलाई बर्खास्त गरेको छ । प्राधिकरणले हिजो बिहीबार राति काठमाडौंबाट दोहा जाँदै गरेको हिमालयन एयरको जहाजभित्र टिकटक बनाएको सूचना पाएपछि दुई महिला र एक पुरूषसहित तीनजनालाई बर्खास्त गरेको हो।

प्राधिकरणले उनीहरूलाई दोहामै ग्राउन्डेड गरेको छ। प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले उनीहरू तीनदेखि ६ महिनासम्म ग्राउन्डेड हुन सक्ने बताए। 

उनीहरूले उडानभित्रको फोटोग्राफी र भिडियोग्राफीमा क्यानको मापदण्डको गम्भीर उल्लङ्घन गरेको आरोप निलम्बन गरिएको प्राधिकरणले जनाएको छ। हिमालयन एयरको ३२० उडान नम्बरको जहाज ३८ हजार फिटमाथि उडिरहेका बेला उनीहरूले टिकटक मनाएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको