Like us!
Follow us!
Connect us!
Watch us!

सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड,  यी तीन तरिकाबाट हेर्न सकिन्छ नतिजा

अर्थ संसार

विहीबार, १७ बैशाख २०८३, १० : ५७ मा प्रकाशित

सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड,  यी तीन तरिकाबाट हेर्न सकिन्छ नतिजा

सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बिहान आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँका दरले ३४ लाख ७४ हजार ९०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो । बिक्री अवधिभर २७ लाख ६८ हजार ७४३ जनाको आवेदन परेकोमा २७ लाख ३० हजार ९८७ जनाको आवेदन मात्र स्वीकृत भएको छ ।

माग भन्दा बढी मात्रामा आवेदन परेपछि गोलाप्रथा विधिबाट आईपीओ बाँडफाँड गरिएको छ। बाँडफाँडमा ३ लाख ४७ हजार ४९० जना भाग्यशाली आवेदकले १०–१० कित्ताका दरले शेयर हात पारेका छन् भने बाँकी सबै आवेदकको हात रित्तिएको छ ।

यसरी हेर्नुहोस् आईपीओको नतिजाः

सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धकको वेबसाइट: https://nmbcl.com.np/ipo

मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको