नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको हस्तकला प्रदर्शनी हुने भएको छ। हिमालयन अन्तर्राष्ट्रिय प्रदर्शनी कम्पनीले यो हस्तकलाको यो बृहत प्रदर्शनी गर्न लागेको हो ।
काठमाडौँको भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको हस्तकला प्रदर्शनी- २०८० आगामी बैशाख ८गते देखि १०गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । उक्त प्रदर्शनीको मुख्य उद्देश्य नेपाली उत्पादनलाई प्रदर्शनी मार्फत परिचित गराई विश्व बजारमा पहुँच गराउने नेपाली उत्पादनको निर्यातलाई बढाइ आर्थिक सम्बृद्धि गराउनु हो ।
नेपालका हस्तकला भन्नाले पश्मिना, स्टोन, माला, क्यूरियाको सामानहरु, गलैंचा, गार्मेन्टका सामानहरु, हेम्प, सिसा पाइपहरु, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहनाहरू, हेण्ड मेड पेपरहरू, खुकुरीहरु, पेपर प्याकेजहरु, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगहरुबाट उत्पादित वस्तुहरु, जडिबुटीहरू, सजावटका सामानहरु, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरु जस्तै होटल, ट्रेकिङग्, ट्राभल्स, खानपिन, टुर्स, धर्म, कला र सँस्कृति सम्बन्धित क्रियाकलापहरु) भएमा उक्त उत्पादनको लागि अन्तर्राष्ट्रिय स्तरमा परिचित एवं विक्रि वितरणका लागि ५०० जना भन्दा बढी विदेशी क्रेताहरु (अमेरीका, क्यानडा, यूरोप, चिन, भारत लगायत अन्य देशहरुबाट) को आगमन हुनेछ ।
यस हिमालयन इन्टरनेशनल एक्स्पो आइ एन.सी.ले प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरि १७६ स्टलहरू रहने छन । प्रदर्शनी मेलाको क्रममा हस्तकला सम्बन्धी जीवन्त कलाको प्रदर्शनी, समसामयिक विषयमा गोष्ठी आयोजना गरिने छ र बिश्बका बिभिन्न देशहरुबाट क्रेताहरु भित्रर्याउने र बढी भन्दा बढी नेपाली व्यापारीलाई बिदेशी व्यापारीहरु संग सम्वन्ध विस्तार गराई निर्यात बढाई आर्थिक सम्बृद्धि गर्ने यो प्रदर्शनीको प्राथमिकता रहेको छ ।
नेपालको प्राचीन स्मारक एवं सम्पदाको संरक्षण प्रति सम्बद्ध सबैमा आफ्नो उत्पादन अन्तर्राष्ट्रिय स्तरमा परिचित गराइ प्रदर्शनी स्थल लिएर उपयुक्त स्थानहरूमा आफ्नो संस्था, फर्म, कम्पनीको नाम र लोगो राखि ब्यापार गर्न गराउनु हुन ईच्छुक सबैमा स्टल बुकिंग गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस