Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रिइन्स्योरेन्सको निमित्त सीईओमा दामोदर भण्डारी नियुक्त

अर्थ संसार

बुधबार, ०३ असार २०८३, ११ : ०७ मा प्रकाशित

नेपाल रिइन्स्योरेन्सको निमित्त सीईओमा दामोदर भण्डारी नियुक्त

नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को निमित्त प्रमुख कार्यकारी अधिकृतमा दामोदर भण्डारी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको असार ३ गते बसेको बैठकले कम्पनीको एघारौं तहमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीलाई आजकै मितिदेखि लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी सुम्पिएको हो ।

कम्पनीका सीईओ सुरेन्द्र थापामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेसँगै निलम्बनमा परेका छन् । सीईओ निलम्बनमा परेका कारण सहायक सीईओलाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको