Like us!
Follow us!
Connect us!
Watch us!

डोनाल्ड ट्रम्प पक्राउ

अर्थ संसार

बुधबार, २२ चैत्र २०७९, १० : ४७ मा प्रकाशित

डोनाल्ड ट्रम्प पक्राउ

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई अमेरिकाको स्थानिय प्रहरीले पक्राउ गरी हिरासतमा राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख छ। 

प्रहरीले उनलाई नियन्त्रणमा लिएपनि हत्कडी भने लगाएको थिएन । उनले मङ्गलवार अपराह्न म्यान्ह्याटनस्थित् फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । 

दिउँसो १ बजेपछि उनी ट्रम्प टावरबाट निस्किएर अदालततिर गएका थिए । अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन् । ट्रम्पमाथि ३४ आरोप लागेको जनाइएको छ। यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको