Like us!
Follow us!
Connect us!
Watch us!

ट्रम्पमाथि पुनः आइलाग्यो नयाँ संकटः राष्ट्रपति चुनावको नतिजा उल्ट्याउन खोजेको लाग्यो आरोप

अर्थ संसार

बुधबार, १७ साउन २०८०, १७ : ४२ मा प्रकाशित

ट्रम्पमाथि पुनः आइलाग्यो नयाँ संकटः राष्ट्रपति चुनावको नतिजा उल्ट्याउन खोजेको लाग्यो आरोप

अमेरिकाको पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अगाडि पुनः नयाँ संकट आएको छ । एक अमेरिकी अदालतले ट्रम्पलाई सन् २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजा उल्ट्याउन खोजेको आरोप लगाएको हो ।

वाशिंगटन डीसीमा संघीय ग्रैंड जूरीले ट्रम्पविरुद्ध सुनुवाइ गरेको थियो। विशेष अधिवक्ता ज्याक स्मिथको तर्क र प्रमाणहरू जाँच गरेपछि अदालतले ट्रम्पलाई राष्ट्रपति चुनावको नतिजा उल्ट्याउन खोजेको आरोप लगाएको हो। 

स्मिथले ट्रम्पमाथि अमेरिकालाई धोका दिने षड्यन्त्र, आधिकारिक कार्यमा अवरोध गर्ने, आधिकारिक कार्यवाहीमा अवरोध गर्ने र अधिकारीहरू विरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन्।

यसबाहेक ट्रम्पले हालै गोप्य कागजातको मामिलामा नयाँ आरोपको सामना गरेका छन्। ट्रम्पले आफ्ना सहयोगीहरूसँग मिलेर आफ्नो रिसोर्ट मार ए लागोको सीसीटीभी फुटेज मेटाएको आरोप समेत लगाइएको छ। जे होस्, ट्रम्पले यी आरोपहरूलाई अस्वीकार गर्दै सरकारले आफूलाई फसाएको आरोप लगाउँदै आएका छन्।-Photo Source: Agency

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको