Like us!
Follow us!
Connect us!
Watch us!

दाबी भुक्तानी समयमै नगर्ने कम्पनीहरू बजारमा टिक्न नसक्ने अध्यक्ष सिलवालको भनाई

अर्थ संसार

बुधबार, २२ चैत्र २०७९, ११ : १५ मा प्रकाशित

दाबी भुक्तानी समयमै नगर्ने कम्पनीहरू बजारमा टिक्न नसक्ने अध्यक्ष सिलवालको भनाई

नेपाल बीमा प्राधिकारणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूबाट दाबी भुक्तानी छिटो हुने उल्लेख गर्दै दाबी भुक्तानी समयमा नै नगर्ने कम्पनीहरू बजारमा टिक्न नसक्ने बताएका छन् ।

हिजो (मंगलबार) मधेश प्रदेशको बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा आयोजित बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष सिलवालले नागरिकलाई बीमाका बारेमा बुझाउन र सेवासँग आवद्ध गरेर सबैलाई बीमाको दायरामा ल्याउन स्थानीय तहसँग आग्रह गरे । उनले स्थानीय तहले आर्थिक सहायता, चन्दा जस्ता खर्च बन्द गरेर सबैको बीमा गर्नुपर्ने आवश्यकता रहेको बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको