Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसीको शाखा सुर्यविनायकमा

शनिबार, ०७ असोज २०७४, १६ : ०४ मा प्रकाशित

एनसीसीको  शाखा सुर्यविनायकमा

अर्थ संसार, काठमाडौं–नेपालक्रेडिट एण्ड कमर्स बैंकले भक्तपुर नगरपालिका, वडा नं. ४, सूर्यविनायकमा शाखा संचालनमा ल्याएको छ । उक्तशाखाको समुद्घाटन बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले गर्नु भएको थियो ।

उक्त समुद्घाटन समारोहमा प्रमुख अतिथिभक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष के.पि. अवाल तथा अतिथि भक्तपुर नगरपालिका, वडा नं. ४ का वडा अध्यक्ष कुमार चौवालले एनसीसी बैंकको शाखा सूर्यविनायकमा संचालन भएकोले यहाँका व्यापारी,व् यवसायी तथा सर्वसाधारणलाई सहयोग पुग्ने अपेक्षागर्नु भयो ।

साथै उक्त समारोहमा स्वागतमन्तव्य राख्दै बैंकका प्रमुखकार्यकारी अधिकृतले सूर्यविनायकमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यापार व्यवसायमा टेवा पर्¥याउने उद्देश्यले बैंकको शाखा संचालनगरिएको जानकारी गराउनु भयो ।

साथै यही असोज ८ गते आइतवार काठमाण्डौं महानगरपालिका, वडा नं. ६ रामहिटी, सिमलटारमाअर्को शाखाको समुद्घाटन गर्ने कार्यक्रमरहेको समेत बैंकले जानकारी गराएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको