नबिल बैंक लिमिटेडको सातदोबाटोस्थित् शाखाले एक ग्राहकको खातामा जम्मा गर्नुपर्ने भन्दा बढी रकम जम्मा गरेको छ । उक्त विषयमा बैंकले एक सूचना प्रकाशित गर्दै निज ब्यक्तिलाई उक्त रकम फिर्ता गर्न १५ दिने अल्टिमेटम दिएको हो । बैंकले भूलवश उक्त ग्राहको खातामा २२ लाख रुपैयाँ जम्मा गरिदिएको थियो ।
बैंकले निजको खातामा भूलवश जम्मा हुन गएको बाँकी रकम फिर्ता गर्न बुझाउन बैंकबाट सम्पर्क गर्दा पनि उक्त ग्राहकले नबुझाई आलटाल गरेको बताएको छ ।
ललितपुर महानगरपालिका वडा नं. १५ ताल्चिखेल बस्ने सम्झना सुब्बाको खातामा बैंकको सातदोबाटो शाखाले निजको खातामा बढी रकम जम्मा गरेको हो । बैंकले निज सुब्बालाई १५ दिनभित्र आफुले तिर्न बुझाउन बाँकी रहेको रकम तिर्न बुझाउन अनुरोध गरेको छ ।
तोकिएको समयभित्र उक्त रकम नबुझाएमा बाँकी रकम असुलीको लागि प्रचलित कानून बमोजिम कारबाही अगाडी बढाइने र निजको अन्य चल अचल सम्पत्तिबाट समेत बाँकी रकम असुल गरिने बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस