Like us!
Follow us!
Connect us!
Watch us!

थ्रीस्टार हाईड्रोपावरले वैशाख ११ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री गर्ने

अर्थ संसार

सोमबार, ०४ बैशाख २०८०, १० : ३२ मा प्रकाशित

थ्रीस्टार हाईड्रोपावरले वैशाख ११ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री गर्ने

थ्रीस्टार हाईड्रोपावर लिमिटेडले वैशाख ११ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री गर्न लागेको हो । 

धितोपत्र बोर्डबाट कम्पनीले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा जारी पूँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत सेयर बिक्री गर्न अनुमति पाएको थियो ।

आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानीकोष र कर्मचारी समेत सर्वसाधारणमा १५ प्रतिशत सेयर कम्पनीले बिक्री गर्नेछ  ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत दरको ४ लाख ९२ हजार ५०० कित्ता र दोस्रो चरणमा बिक्री हुने १५ प्रतिशत सेयरमध्ये १० प्रतिशत दरको ७३ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बिक्री गर्न लागिएको हो । आयोजना प्रभावित स्थानीयमा जारी हुने सेयर खरीदका लागि खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ देखि ११ सम्मका वासिन्दाहरूले आवेदन दिन सक्नेछन् । 

आयोजना प्रभावित स्थानीयमा जारी हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जारी हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ७३ हजार ८७५ कित्ता सेयर माग गर्न सकिनेछ ।

यो आईपीओ स्थानीयमा छिटोमा वैशाख २५ गतेभित्र बिक्री बन्द हुनेछ भने छिटो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि जेठ ९ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने वैशाख २५ गतेसम्म आवेदन दिईसक्नुपर्नेछ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धसँगै आयोजना प्रभावित स्थानीयले खोटाङमा रहेको सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक, प्रभु बैंकको शाखा कार्यालयबाट आवेदन प्राप्त गर्न र पेश गर्न सक्नेछन् । साथै कम्पनीको आयोजना स्थलको कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । 

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तीनका तोकिएको कार्यालयसँगै मेरो सेयर प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराईएको रेटिङमा इक्रा नेपालले इक्रा एनपी इस्यूअर बि माईनस रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको