Like us!
Follow us!
Connect us!
Watch us!

थ्रिस्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

अर्थ संसार

मंगलबार, ०६ कार्तिक २०८१, ११ : २८ मा प्रकाशित

थ्रिस्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

 थ्रिस्टार हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीको कात्तिक ५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजी ४९ कराड २५ लाख रुपैयाँको शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । उक्त हकप्रदबाट प्राप्त रकममध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणको लागि लिएको बैंकको ऋण तथा अन्य दायित्व भुक्तानीका लागि खर्च गर्ने कम्पनीले जनाएको छ । बाँकी १५ करोड रुपैयाँ निको इनर्जी लिमिटेडद्वारा निर्माणाधीन माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजना ९९ मेगावाटका लागि आवश्यक स्वपुँजीमा लगानी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

विद्युत नियमन आयोगवाट पूर्व स्वीकृति प्राप्त भएपश्चात कम्पनीको आगामी साधारणसभामा अनुमोदनको लागि पेस गर्ने निर्णयसमेत भएको जनाइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको