नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजारमा ४० देखि ८० प्रतिशत मागमा सङ्कुचन आएको बताएका छन् ।सातौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीबारे जानकारी दिन आज (सोमवार) काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले त्यस्तो बताएका हुन् ।
पछिल्लो समय उद्योगी, व्यवसायीहरू कठिन अवस्थाबाट गुज्रिएको बताउँदै उनले व्यवसायीहरूलाई बैंकको उच्च ब्याजदरको कारण समस्यामा रहेको बताए । अध्यक्ष अग्रवालले पछिल्लो समय कागजी रुपमा बैंकहरूमा तरलताको अभाव नदेखिए पनि उद्योगी व्यवसायीहरूले सहज रुपमा कर्जा पाउन नसकेको दाबी गरे ।
उनले व्यवसायीहरूले बजारबाट उधारो उठाउन नसक्दा बैंकको किस्ता तिर्न समेत नसकिरहेको उल्लेख गरे । 'अहिले उद्योगी, व्यवसायीहरू कठिन परिस्थितिबाट गुज्रिरहेका छन् । व्यवसायीहरूले बैंकको उच्च ब्याजदरको सामना गर्नु परेको छ', उनले भने, 'बैंकहरूमा तरलताको अवस्था सुधार भए पनि कागजमा सीमित हुँदा उद्योगी व्यवसायीहरूले अझै ऋण पाउन समस्या छ । व्यवसायीहरूले बजारबाट उधारो उठाउन नसक्ने कमजोर अवस्था देखा परेको छ । व्यवसायीहरूले बैंकको किस्ता तिर्न सकिरहेका छैनन् ।'
उनले भने, 'परिसंघले सरकार र नागरिकहरूलाई वर्तमान आर्थिक समस्याको समाधान गरी सकारात्मक बनाउन पहल गरिरहेको छ । सरकारले उद्योगी व्यवसायीहरूको मनोबल उच्च बनाउन केही कदमहरू चाल्न आवश्यक छ । सरकारले समयमा नै पुँजीगत खर्च गर्नुपर्छ । यतिबेला सरकारले उद्योगी व्यवसायीको मनोबल उच्च बनाउने काम गर्न खाँचो छ ।' अध्यक्ष अग्रवालले वर्तमान आर्थिक समस्याको समाधान गरी सरकारले सकारात्मक सन्देश दिन सक्नुपर्ने बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस