Like us!
Follow us!
Connect us!
Watch us!

सार्वजनिक रुपमै राष्ट्र बैंकविरुद्ध उत्रियो नेष्डो समृद्ध, राष्ट्र बैंकले लाभांस १७% गर्नु भन्ने निर्देशन कार्यान्वयन नगर्ने

अर्थ संसार

मंगलबार, ०५ बैशाख २०८०, १२ : १२ मा प्रकाशित

सार्वजनिक रुपमै राष्ट्र बैंकविरुद्ध उत्रियो नेष्डो समृद्ध, राष्ट्र बैंकले लाभांस १७% गर्नु भन्ने निर्देशन कार्यान्वयन नगर्ने

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांश संसोधन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम अब नेष्डोले बोनस सेयर र नगद गरी कुल १७.९३ प्रतिशतमा लाभांश वितरण गर्नुपर्ने भएको छ । 

नेष्डोले यसअघि ५० प्रतिशत बोनस सेयर र करसहित २३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर, राष्ट्र बैंकले वैशाख ४ गते पत्र पठाउँदै बोनस सेयर र नगद गरी कुल १७.९३ प्रतिशत मात्र लाभांश वितरण गर्न स्वीकृति दिएको हो । यद्दपि, राष्ट्र बैंकको उक्त निर्णयलाई तत्काल कार्यान्वयन नगर्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
 
कम्पनीले केन्द्रिय बैंकको उक्त निर्णय मिति २०७९ फागुन १० गते जारी संशोधित निर्देशनको व्यवस्थासँग स्पष्ट बाझिएको, इजाजत प्राप्त एउटै प्रकृतिका संस्थाबीच, एउटै आर्थिक वर्षको लाभांश स्वीकृति दिँदा समानता नभएको र केन्द्रिय बैंकबाट स्वीकृत लाभांशको जानकारीले सेयरधनीहरुले पाउने प्रतिफलको अधिकार समेत हनन् हुन पुगेको बताएको छ ।

संस्थागत वित्तीय अवस्थामा समेत प्रभाव पर्ने देखिएको, लाभांश वितरण सम्बन्धमा बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐनमा भएको व्यवस्थाको समेत प्रतिकुल भएको र लाभांश प्रस्ताव तथा शंसोधन संस्थावाट नै निर्णय भई नेपाल राष्ट्र बैंकवाट स्वीकृत दिनुपर्ने कानूनी मनसायलाई समेत नजरअन्दाज गरिएको कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । 

राष्ट्र बैंकको उक्त निर्णय एवम् जानकारीलाई तुरुन्त कार्यान्वयन प्रक्रिया अगाडी वढाउन नसकिने भएकोले संस्थाको लाभांश प्रस्ताव, राष्ट्र बैंकको विद्यमान निर्णय तथा स्वीकृती, प्रचलित ऐन, कानून, निर्देशन र केन्द्रिय बैंकका विगतका व्याख्या र संस्थागत अभ्यास समेतको तथ्यपूर्ण कानूनी व्याख्या गरी निर्णयमा पुग्ने पर्ने देखिएकाले हाललाई सोही व्यहोरा खुलाई राष्ट्र बैंकवाट प्राप्त लभांश स्वीकृती सहित वित्तीय विवरण प्रकाशन गर्ने सम्बन्धमा पत्र प्राप्त भएको व्यहोरा नेपाल स्टक एक्चेन्ज, नेपाल धितोपत्र वोर्ड लगायत सरोकारवाला निकायमा जानकारी गराउने निर्णय भएको समेत कम्पनीले जारी गरेका सूचनमा उल्लेख छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको