नेपाल बिमा प्राधिकरणले पुँजी नपुर्याउने बिमा कम्पनीहरुका लागि समय सिमा थप गर्ने भएको छ । आइतबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुँजी वृद्धि गर्न असार मसान्तसम्मको समय थप गरेको हो ।
तोकिएको न्यूनतम पुँजी नपुर्याउने कम्पनीहरुलाई अवसरको रुपमा ३ महिना समय थप गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले बिमा कम्पनीहरुलाई २०७९ चैत मसान्तसम्ममा पुँजी पुर्याउन निर्देशन दिएको थियो । तर, उक्त अवधिसम्ममा केहि बिमा कम्पनीहरुले पुँजी पुर्याउन नसकेसँगै प्राधिकरणले यो अवसर प्रदान गरेको हो ।
जीवन बिमा कम्पनीलाई न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीलाई साढे दुई अर्ब अर्थात् २ अर्ब ५० करोड रुपैयाँ पुँजी तोकिएको थियो । उक्तअनुसार चैत मसान्तसम्म ४ वटा कम्पनीले मात्रै पुँजी पुर्याइसकेका छन् ।
त्यस्तै हकप्रद पनि जारी गर्न दिने प्राधिकरणको तयारी थालेको छ । मर्जरमा गएर पुँजी पुर्याउने प्रयास गर्दा पनि बिमा कम्पनीहरुको पुँजी पुगेन भने अधिकतम ३३ प्रतिशत सम्म हकप्रद सेयर जारी गर्न दिने योजना रहेको बिमा प्राधिकरणले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस