Like us!
Follow us!
Connect us!
Watch us!

चामल मिलको भवन भत्किँदा...

अर्थ संसार

मंगलबार, ०५ बैशाख २०८०, १३ : ०० मा प्रकाशित

चामल मिलको भवन भत्किँदा...

हरियाणा राज्यको कर्नालस्थित तीनतले चामल मिलको भवन भत्किँदा चार जनाको मृत्यु भएको छ भने अनय २० जना घाइते भएका छन् । 

सामबार राति मिलमा सुतिरहेका मजदुरमाथि भवनको पर्खाल खसेको थियो । दुर्घटनाका बेला मिलमा एक सय ५० कामदार थिए । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । हालसम्म एक सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । भग्नावशेषमा अन्य कामदार पुरिएको आशङ्कामा खोजबिन भइरहेको छ । 

भवन निर्माणमा संरचनागत त्रुटी देखिएको बताउँदै कर्नाल प्रहरीका उपप्रमुख अनिश यादवले घटनाको छानबिन गर्न समिति गठन गरिने जानकारी दिएका छन् । साथै उनले मिलका मालिकालाई कानुनी कारबाही गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । राष्ट्रिय प्रकोप प्रतिकार्य कार्यदल र राज्य विपद् प्रतिकार्य कोषका अधिकारी पनि घटनास्थल पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका छन् ।- एएनआई

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको