नेकपा (एमाले)का सांसद रघुजी पन्तले मुग्लिन नारायणगढ सडक खण्डमा पुल बनाउन पहिरो फुटाउन विष्फोटक पदार्थ मागिएको फाइल भारतीय दूतावासमा भेटिएको भन्दै आपत्ती जनाएका छन्। आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा बोल्दै उनलले यस्तो अपात्ती जनाएका हुन् ।
उनले विष्फोटक पदार्थ माग्दा फाइल नै पठाउनुपर्ने अवस्था आएको भन्दै आपत्ती जनाए। ‘मुग्लिन नारायणगढ सडक खण्डमा पुल बनाउनका लागि पहरो फुटाउन विष्फोटक पदार्थ माग गरिएको फाइल न गृह मन्त्रालयमा पाइन्छ न रक्षा मन्त्रालयमा फेला पर्छ। गृहले रक्षालाई देखाउँछ,रक्षाले गृहलाई देखाउँछ। उसले भौतिकलाई देखाउँछ। अन्तमा त्यो फाइल ६ महिनापछि बैशाख १ गते भारतीय दूतावासमा पाइयो, ’ उनले भने । के हामीले विष्फोटक पदार्थ माग्दा फाइल नै पठाउनुपर्छ?
उनले चिनियाँ कम्पनीले टेण्डर हालेर पाएको प्रोजेक्टमा पनि र चिनियाँ कम्पनीहरू इन्भल्भ भएका प्रोजेक्टमा भारतले विष्फोटक पदार्थ नपठाउने अवस्था आएको बताए। भारतले नेपालाई विष्फोटक पदार्थ दिन अप्ठ्यारो मानिरहेको भन्दै उनले विष्फोटक पदार्थ नेपालमै बन्नुपर्नेमा जोड दिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस