Like us!
Follow us!
Connect us!
Watch us!

बैंकमा जम्मा भएको ५५ खर्ब रुपैयाँ उद्योगमा परिचालन गरौँः देवेन्द्र पौडेल

अर्थ संसार

मंगलबार, ०५ बैशाख २०८०, १४ : ४० मा प्रकाशित

बैंकमा जम्मा भएको ५५ खर्ब रुपैयाँ उद्योगमा परिचालन गरौँः देवेन्द्र पौडेल

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बैंकमा जम्मा भएर बसेको रकमलाई उद्योगमा लगानी गरी रोजगारी सिर्जना गर्न माग गरेका छन् ।​

आज (मंगलबार) प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद् पौडेलले बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको उल्लेख गर्दै उक्त रकम देशका रूग्ण उद्योगहरूमा परिचालन गर्नुपर्ने बताएका हुन् । 

आकस्मिक समयमा बोल्दै सांसद् पौडेलले भने,  ‘बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको छ । खुसीको कुरा हो । ५५ खर्ब रकम भनेको नेपाल सरकारले औसत ३ पटक प्रस्तुत गर्ने बराबरको बजेट हो । त्यो रकम बैंकमा जम्मा भएर बसेको छ । त्यो रकमलाई छिट्टै देशका रूग्ण भएका, अप्ठ्यारोमा परेका उद्योगहरूलाई परिचालन गरी रोजगार सिर्जना गर्ने गरी प्रधानमन्त्रीले गरेका घोषणाअनुसार अगाडि बढाइयोस् ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको