Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिपरिषद् विस्तार: दलहरू मन्त्रालयको संख्यामा मोटामोटी सहमत

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, १० : ३८ मा प्रकाशित

मन्त्रिपरिषद् विस्तार: दलहरू मन्त्रालयको संख्यामा मोटामोटी सहमत

सत्ता गठबन्धनमा भएको पछिल्लो सहमतिअनुसार कांग्रेसले ८, माओवादी केन्द्रले ५ र जनता समाजवादी पार्टी (जसपा) का साथै नेकपा एकीकृत समाजवादीले २–२ वटा मन्त्रालय पाउने गरी छलफल अघि बढेको छ । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले गठबन्धनका दलहरूबीच मन्त्रालय जिम्मेवारीको विषयमा सहमति नजिक पुगेकाले ठोस सहमति जुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठन बताएका छन् ।

साझेदार दलका अन्य साना दललाई १–१ मन्त्रालय दिने बताइएको छ । गृहमन्त्री नपाएको भन्दै सरकार छाडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत सरकारमा जाने योजनामा रहेको छ । सरकारमा जाँदा उसले बढीमा ३ मन्त्रालय पाउनेछ ।

वर्तमान सत्ता गठबन्धनमा माओवादी केन्द्रसहित, कांग्रेस, जसपा, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राजमो रहेका छन् । यी दलहरूमध्ये राजमोले सरकारमा नजाने बताएको छ ।

रास्वपाले पुस १० को सहमतिअनुसार उपप्रधानसहित ३ मन्त्री दिनुपर्ने दाबी गरे पनि सरकारमा जाने विषयमा निर्णय गरिसकेको छैन । नेताहरूका अनुसार मन्त्रालयको भागबन्डा हुँदा माओवादीले गृह र कांग्रेसले अर्थ मन्त्रालय लिएर जाने बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको