Like us!
Follow us!
Connect us!
Watch us!

ईङवा हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

अर्थ संसार

मंगलबार, ०५ बैशाख २०८०, १६ : ५८ मा प्रकाशित

ईङवा हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

ईङवा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिएको आईपीओ बाँडफाँड गरेको छ ।कम्पनीले वैशाख ४ गते आईपीओ बाँडफाँड गरेको जनाएको हो। रीतपूर्वक आवेदन प्राप्त नभएका आवेदकको सेयरबापतको रकम वैशाख ६ गते बुधवारदेखि सम्बन्धित आवेदकले उल्लेख गरेको बैंक खातामा रकमान्तर हुने कम्पनीले जानकारी दिएको हो ।

कम्पनीले जारी पूँजी ६० करोडको १० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का बासिन्दालाई बिक्री गरेको थियो । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई १ लाख २० हजार कित्ता सेयर बिक्री गरेको थियो । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीको आईपीओसम्बन्धी नतिजा नेपाल एसबिआई बैंकिङको वेबसाइट, कम्पनीको वेबसाइटमा हेर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको