Like us!
Follow us!
Connect us!
Watch us!

ईङवा हाइड्रोपावरको आइपीओ बाँडफाँड हुँदै

अर्थ संसार

मंगलबार, २६ बैशाख २०८०, १५ : ४५ मा प्रकाशित

ईङवा हाइड्रोपावरको आइपीओ बाँडफाँड हुँदै

ईङवा हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ भोलि (बुधबार) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको ठमेलस्थित कार्यालयमा बिहान ९ बजे बाँडफाँड हुने भएको हो।

कम्पनीको आइपीओमा १२ लाख ५९ हजार ९०१ जनाले कुल १ करोड ३७ लाख ८० हजार ८०० कित्ता लागि आवेदन दिएका थिए । माग भन्दा बढी आवेदन परेको हुँदा कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । 

गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख २६ हजार ८६३ आवेदकले १०.१० कित्ता सेयर पाउनेछन् । ति मध्य ९ जना आवेदनले थप १.१ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन् । कम्पनीले बैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको थियो ।

सो सेयरमध्ये १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ । यस्तै, २९ हजार ८६३ कित्ता सेयर कर्मचारीहरुको लागि र ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ । कम्पनीले कुल १२ लाख ६८ हजार ६३९ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताका लागि खुला गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको