Like us!
Follow us!
Connect us!
Watch us!

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

शुक्रबार, १३ असोज २०७४, १० : ४३ मा प्रकाशित

मोटरसाइकल दुर्घटनामा एकको  मृत्यु

 अर्थ संसार, रामपुर – रामपुरमा जीप र मोटरसाइकल ठोक्किँदा बिहीबार एकको मृत्यु भएको छ । साँझ करिब ७ बजे रामपुर नगरपालिका–४ इस्लामपुर नजिकै भएको दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार रामपुर–४ बडवान बस्ने अन्दाजी २५ वर्षीय सुरज सेनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

मोटरसाइकल चालक अन्दाजी १८ वर्षीय सुनिल थापा घाइते भएकामा रामपुर अस्पतालमा उपचार भइरहेको छ ।

पूर्वबाट पश्चितर्फ आइरहेको ग १ ज ५०५२ नंको जिप र विपरीत दिशाबाट जाँदै गरेको ग ८ प ८९८६ नंको मोटरसाइकल तीव्र गतिका कारण ठोकिएका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको